बाइक वा स्कुटर बुक गरेको आधा घण्टाभित्र डेलिभरी

काठमाडौंमा घर घडेरी नभएपनि बाइक स्कुटर फाइनान्स गर्न सकिने भएको छ । बजार डटकमले घरबेटीको सहयोग बिना बाइक स्कुटर फाइनान्स गन असम्भव बनाएको जनाएको छ ।
घरबेटीको नागरिकता, फोटो, लालपुर्जा, बिजुलीको बिल इत्यादि पेश गरेर पनि घरबेटीको मन्जुरी नभएसम्म काठमाडौं भन्दा बाहिर घर हुनेलाई काठमाडौंमा बाइक स्कुटरको फाइनान्स गराउन असम्भव हुँदै आएको थियो । यसका लागि तपाईको बजार डटकमले व्यवस्था मिलाएको दाबी गरेको छ । बजार डटकमले तपाईले रोजेकै ब्राण्ड र मोडेलको बाइक वा स्कुटर खरिद गर्न सकिने व्यवस्था समेत मिलाएको छ ।
खरिद गर्दा ताका आवश्यक परेमा फाइनान्सको सहज व्यवस्था, बीमामा सिधैं ग्राहकलाई छुटको व्यवस्था, सर्भिसमा कम्पनीले दिने भन्दा अतिरिक्त फ्रि सर्भिसको व्यवस्था, पिकअप एण्ड ड्रपको व्यवस्था लगायतका सेवा यो साइटबाट उपलब्ध गराइरहेको नेपालमा चलेका करिब ७ वटा ब्राण्डका बाइक तथा स्कुटर खरिद गर्न सकिने बजार डटकमका निर्देशक शुसिल सँग्रौलाले बताए । अहिलेको लागि वेबसाइटबाट यी सबै कामको व्यवस्था मिलाइरहेको भएता पनि भविष्यमा मोबाइल एप्स विकास गरिने उनले बताए ।
आजको जमानामा त्यसैपनि अधिकांश ग्राहकहरु इन्टरनेटको माध्यमबाट सवारी साधनको छनौट गर्ने प्रचलन बढिरहेको अवस्थामा यस्तो खालको सेवाले झनै सजिलो बनाउने उनको दाबी छ । बजारमा चलेका थुप्रै ब्राण्डका मोडेलहरु राखिएको हुनाले पनि एकै ठाउँबाट छनौट गर्न सजिलो हुने उनको तर्क छ । कुनै पनि ग्राहकले आफ्नो वेबसाइटबाट कुनै पनि बाइक वा स्कुटर बुक गरेको आधा घण्टाभित्र डेलिभरी दिन सकिने उनले बताए ।