आज ३ अंकले बढ्यो शेयर बजार «

आज ३ अंकले बढ्यो शेयर बजार

हिजो सोमबार साढे १५ अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९९ अंकले बढेर एक हजार नौं सय ५३ दशमलव ३५ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स, फाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर बढेको छ भने होटल, उत्पादन, बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ ।

आज दुई सय ३४ वटा कम्पनीको २५ लाख ८९ हजार कित्ता शेयर ९५ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौं करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज धौलागिरि लघुवित्त कम्पनीको शेयर ६ प्रतिशत र एनसीसी बैंकको शेयर ५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्