सानिमा बैंकको मुद्दति निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दति निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ ।
उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा ‘अप्लाइ लोन अप पाँच लाख अगेनिस्ट एपडी’ मा क्लिक गरी आवश्यक विवरणहरू भरेपश्चात् मुद्दति निक्षेप कर्जाका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
अनलाइनबाट आवेदन दिएको मुद्दति निक्षेप कर्जा, मुद्दति रकमको बढीमा ९५ प्रतिशत वा अधिकतम ५ लाखमध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले उल्लेख गरेको छ ।
हाल बैंकले रेमिट्यान्स मुद्दतिमा १३.५१ प्रतिशत, मुद्दतिमा १२.१३३ प्रतिशत, रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरूमा ९.१३३ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्दै आइरहेको छ ।