टाटाका इभी कार किन्न एभरेष्ट बैंकले कर्जा दिने

टाटा मोट्सको नेपालका लागि आधिकारिक बिक्रेता सिपर्दी ट्रेडिङ र एभरेष्ट बैंक बीच सवारी साधनको कर्जा प्रवाह सम्बन्धमा सम्झौता भएको छ ।
सिपर्दीका अनुसार उपभोक्ताले टाटा मोटर्सको इभी कार खरिद गर्दा ८० प्रतिशतसम्म कर्जा दिने गरी सम्झौता भएको हो । टाटा मोटस्ले अहिले इभीका सवारी साधनमध्ये नेक्सन इभी र टिगोर इभीका लागि विभिन्न किसिमका अफरहरु अगाडि ल्याएको छ ।
सम्झौता अनुसार टाटा मोटस्का इभी कार खरिद गर्ने व्यक्तिगत ग्राहक वा संस्थालाई कर्जा आवश्यक भए एभरेष्ट बैंकमार्फत सजिलै लिन सकिने छ । बैंकले सबै शाखाहरुबाट उपलब्ध हुने गरी ७ वर्षका लागि १२.८ प्रतिशतमा यस्तो कर्जा दिनेछ । सवारी साधनको कुल मुल्यको ८० प्रतिशतसम्म कर्जा दिने व्यवस्था बैंकले मिलाएको छ ।