नेशनल लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न «

नेशनल लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बीमा सचेतना प्रवर्धद्धनमा जीवन बीमा कम्पनीहरूले पनि योगदान पुर्‍याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरूप आयोजना गरिएको यी कार्यक्रमहरूमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिका स्थित जिल्ला अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका अभिकर्ताहरु र स्थानीय जनसमुदायको उल्लेख्य सहभागीता रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अभिकर्ता तथा स्थानीयलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

यसैगरी कम्पनीले सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै मंसिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी मा.वि. र बझाङको झोता स्थित भैरव मा.वि.का शिक्षक तथा विद्यार्थीहरुलाई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी बीमा सचेतना सम्बन्धमा जानकारी गराइएको थियो ।

जस अन्तर्गत कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमाको महत्त्व र आवश्यकताको बारेमा प्रकाश पार्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लेखित आधारभूत विषयहरूको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

साथै उक्त कार्यक्रममा करिब १ सय जना शिक्षकहरूको १ लाख रुपैयाँको म्यादी जीवन बीमा गरी खत्रीले बीमालेख हस्तान्तरण गरेका थिए । उता भैरव मा.वि. मा सम्पन्न गरिएको कार्यक्रममा मिर्गौला पीडित उजाला कुमारी दमाईलाई सीआरएस अन्तर्गत आर्थिक सहयोग स्वरूप २५ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्