वल्र्डलिंकका ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी «

वल्र्डलिंकका ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी

वल्र्डलिंक कम्युनिकेशन्सले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको रूपमा काम गरिरहेको वल्र्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो ।

१ लाखदेखि ७औं लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरेको वल्र्डलिंकले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौंडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोक पोखराका रविन थापा र बालाजुका हुमनाथ अघिकारी छन् ।

बराइली वल्र्डलिंकको इन्टरनेट सेवा लिने १ लाख नम्बरका ग्राहक हुन् । सन् २०१७ को मे मा वल्र्डलिंकले १ लाख ग्राहक बनाएको थियो । यस्तै बिर्तामोडकी राई वल्र्डलिंककी २ लाख नम्बरकी ग्राहक हुन् । सन् २०१८ मा वल्र्डलिंकले २ लाख ग्राहक संख्या पार गरेको थियो । बुटवलका थापा ३ लाख नम्बरका ग्राहक हुन् । उनी सन् २०१९ मा वल्र्डलिंकको ग्राहक बनेका थिए । यी वर्ष फेब्रुअरीमा वल्र्डलिंक ३ लाख ग्राहक बनाउन सफल भएको थियो ।

सुर्खेतका रोकाया, गठ्ठाघरका कुमाल, पोखरा राष्ट्रबैंक चोकका रविन र बालाजुका अधिकारी क्रमशः ४ लाख, ५ लाख, ६ लाख र ७ लाख नम्बरका ग्राहक हुन् । उनीहरूले सन् २०२० यता वल्र्डलिंकको ग्राहक बनेका हुन् । सन् १९९५ बाट सेवा सुरु गरेको वल्र्डलिंकले २७ वर्षमा गत नोभेम्बर १४ मा ग्राहकको संख्या ७ लाख पुर्‍याएको हो । सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको वल्र्डलिंकले जनाएको छ ।

सन् २०१९ को फेब्रुअरीसम्म ३ लाख ग्राहक बनेकोमा सन् २०२२ को नोभेम्बरसम्म आइपुग्दा थप ४ लाख ग्राहक थपिएका छन् । देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वल्र्डलिंकमा ५ हजार नागरिकले रोजगारीको अवसर पाएका छन् । देशका सात वटै प्रदेशका ७३ जिल्लामा वल्र्डलिंकको इन्टरनेट पहुँच पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङ जिल्लामा पनि चाँडै सेवा विस्तार गर्ने वल्र्डलिंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्