Logo

हुन्डाई नेपालका विजेता घोषणा

नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘रोड टु फिफा वल्र्डकप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ ।

विजेताले कम्पनीको तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने छन् । यसैगरी कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित क्याम्पेनका विजेतालाई पनि कतारका लागि बिदाइ गरेको छ ।

हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड विन, फुटबलको विश्वव्यापी अपीलमार्फत विश्वभरका मानिसलाई दिगोपना सम्बन्धी कार्यमा सहभागी गराउने उद्देश्यले गरिएको थियो ।

कार्यक्रम अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यसरी सहभागी भएका हजारौं ग्राहकमध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएको कम्पनीको भनाइ छ । दुवै जना विजेता आफूलाई मनपर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरेका छन् ।

त्यसैगरी कम्पनीले नक्सालको शोरुममा एउटा विशेष कार्यक्रम गरी ‘रोड टु फिफा वल्र्डकप २०२२ फाइनल’ का विजेता छनोट गरेको छ । अभियानमा आफ्नो नाम रेजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकमध्ये नयाँपालबहादुर पाण्डे भाग्यशाली विजेता बनेका छन् । विजेताको रुपमा उनी विश्वकप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्