औद्योगिक करिडोर व्यवस्थित बनाउन लाग्छु : पूर्वमन्त्री श्रेष्ठ

पथलैया-विरगंज औद्योगिक करिडोर बारा ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा उद्योगी कृष्णकुमार श्रेष्ठले (किसान) मुलुककै ठूलो औद्योगीक करिडोर व्यवस्थित बनाउन आफूले प्रयास थाल्ने बताएका छन् । सिमरामा निर्वाचित भएको प्रमाणपत्र लिँदै श्रेष्ठले मुलुकको प्रमुख द्धार समेत रहेको करिडोरलाई उद्योगमैत्री बनाउन आफूले स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारमा नीतिगत दबाव थाल्ने बताए ।
पूर्वश्रममन्त्री समेत रहेका श्रेष्ठले आफूले विगतमा आफ्नो मन्त्रालय अन्तरगतका श्रमिक र रोजगारी माथीका झन्झटिलो प्रक्रिया हटाउँदै श्रमिकलाई सहज बनाएको दाबी गर्दै श्रेष्ठले करिडोरमा समेत श्रमिक र उद्योगी बीच औद्योगीक वातावरण सुमधुर बनाउन आफ्नो भूमिका देखिने गरी हुने बताए ।
यहाँका उद्योगीले भोग्दै आएको समस्यामा यसअघिका नीति निर्माण तहका प्रतिनिधिले यहाँ आउने सुनेर जाने गरेको तर सामधानका सामान्य पहल समेत नगर्ने गरेको उद्योगीको गुनासो माथी अब त्यस्तो परम्परा रोक्नेमा आफूले कदम अगाडि बढाएको समेत श्रेष्ठले बताए । करिडोरमा सञ्चालित उद्योगहरुमा स्थानीय रोजगारका कुरा मुख्य बनेकोले उद्योगीहरुसंगको सहकार्यमा योग्य सक्षम स्थानीयलाई पहिलो प्राथमिकता दिने कुरामा आफूले उद्योगीहरुसंग सहजीकरण गर्ने श्रेष्ठले बताए ।
उनले उद्योगीको मर्का कस्तो हुन्छ म आफैं सानैदेखि उद्यम गर्दै आएको उद्यमी भएकोले जानफकार रहेको बताउँदै आयातको चागं घटाउन सिमरा सेजमा निर्यातजन्य उद्योगको स्थापना मुलुककै लागि खुशीको कुरा रहेकोले बताए । उनले सिमरा सेजमा निर्यात जन्य धेरै उद्योग ल्याउन नीति सहज बनाउन सरकारलाई आफूले आग्रह हैन कडा रुपमै सुझाउने बताए ।
श्रेष्ठले सिमरा सेज सञ्चालन हुँदै गर्दा निजगढ विमानस्थलको समेत काम अघि बढाउन नयाँ बन्ने सरकारलाई दबाव दिन आफू जस्तै उद्योगीहरुको हुल यसपटकको संसदमा उपस्थिति हुने हुँदा सरकारले विगतमा जस्तो टार्न नसक्ने बताए । यसपटक औद्योगीक करिडोरले उद्यमी जनप्रतिनिधि पाएकोले यहाँको समस्या एक/एक गरी तीनै तहमा सहकार्य गर्दै औद्योगीक वातावरण सवल बनाउन आफ्नो प्रयास निरन्तर हुने समेत श्रेष्ठको दाबी छ ।