सञ्चालनमा आयो नेपाल बैंकको चौराहा शाखा «

सञ्चालनमा आयो नेपाल बैंकको चौराहा शाखा

नेपाल बैंकका लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थित राजमार्ग चौराहामा शुक्रबारदेखि नयाँ शाखा औपचारिक रुपमा सञ्चालनमा आएको छ । नेपाल बैक सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिकानगर प्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा उक्तशाखाको उदघाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको बताए । यस्तै नगर प्रमुख पाण्डेयले नाफा मात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बोल्दै शाखा विस्तारले बुटवलको विकासको निम्ति नेपाल बैंकको भूमिका समेत बढाउन सहयोग पुग्ने र सरकारको बैंक भएकाले बैंकको नाफाको ठूलो अंश सरकारको आम्दानीको रुपमा पुनः देश विकासकै लागि खर्च हुने भएकाले पनि सरकारी बैंकसंग कारोबार गर्न उपयुक्त हुने बताए ।

सो कार्यक्रममा नेपाल बैंक लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख शीलकुमार नेपाल, नेपाल राष्ट्र बैंकका निमित्त निर्देशक जिवन प्रकाश पाण्डे, नेपाल चेम्बर अफकमर्श बुटवलका महासचिव जे.पि कडेल, बुटवल बहुमुखी क्यापसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने, प्रादेशिक कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्