बारामा कांग्रेस शून्य

एउटै जिल्लाका दुई सहमहान्त्री रहेको नेपाली कांग्रेस बारामा प्रदेश र प्रतिनिधिसभा दुवैमा एक सिट पनि जित हात पार्न नसके पछि जिल्लामा कांग्रेस शून्य भएको छ ।
टिकट वितरणदेखी नै केन्द्रीय समितिमा रहेका सहमहान्त्रीद्धयले प्रतिनिधिसभामा चार र प्रदेशसभामा आठ क्षेत्रमा आफू र आफना मान्छे सुरक्षित गरेको भन्दै कार्यकर्ता पंतिमा चरम असहमति बढेपछि निर्वाचनको अन्तिम परिणामले बारामा कांग्रेस शून्य देखाएको हो ।
थारु कोटाका सहमहामन्त्री उमाकान्त चौधरी बारा निर्वाचन क्षेत्र नम्बर–१ बाट पराजित भएका छन् भने सहमहामन्त्री फर्मुल्लाह मन्सुर समानुपातिकतर्फको बन्दसूचीमा रहेका छन् । आफू सुरक्षित हुन नेताहरूले नै तीन क्षेत्र छोडेको विरोधमा कांग्रेसका नेता कार्यकर्ता र मतदाताले मतको नतिजा अनुसार जिल्लालाई कांग्रेस विहीन बनाइदिएका छन् ।
कांग्रेस बाराका सभापति राजेश राय यादव पूरै जिल्ला कांग्रेस जनप्रतिनिधि विहीन हुनुमा आन्तरिक किचलो नै प्रमुख कारण रहेको बताउँदै केन्द्रीय समितिले जिल्ला नबुझ्दा यस्तो परिणाम आएको बताउँछन् ।
कांग्रेस बाराका सचिव राजेश रौनियारले फर्मुल्लाह मन्सुर र उमाकान्त चौधरीले टिकट सधैं आफूले लिने गरेको बताउँदै दुबैले पैसाबाल, र आफ्नो मान्छे सुरक्षित गराउन खोजे पछि पार्टीमा चरम निराशा बढेपछि कांग्रेस साफ हुन पुगेको बताएका छन् । दुई सहमहामन्त्री पाएको बारा जिल्लाले लाभ भन्दा हानी हुने बुझेका कांग्रेसका पूर्व जिल्ला सभापति लालबाबुसिंहले पार्टी छोडेर लोसपाबाट उमेदवारी दिएका थिए ।
कांग्रेसले बारा–१ मा प्रतिनिधि र प्रदेसभामा उमाकान्त चौधरीसहित आफ्नै उमेदवार उठाएको थियो भने २ मा माओवादी केन्द्र ३ मा लोसपा र ४ मा एकीकृत समाजवादीलार्ई छोडेको थियो ।