आईएमई १९ औं वर्षमा «

आईएमई १९ औं वर्षमा

नेपालको पहिलो रेमिटेन्स कम्पनी आईएमई बुधबारदेखि १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ संजालको आवश्यकता महसुस भइरहेको अवस्थालाई हृदयंगम गर्दै सन् २००१ मा आईएमईले आफ्नो सेवाप्रथम पटक मलेसियाबाट सुरु गरेको थियो ।

‘१९ औं वार्षिकोत्सव सशक्तीकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १९ औं वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनायो ।

हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केही न केही सामाजिक कार्य गर्ने परम्परा अनुरूप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित कुल ७० जना कर्मचारीहरूले रक्तदान गरे ।

प्रतिक्रिया दिनुहोस्