Logo

इटहरी इन्टरनेसनल कलेजद्वारा २१ विद्यार्थीलाई एएए छात्रवृत्ति प्रदान

इटहरी इन्टरनेसनल कलेजले २१ विद्यार्थीहरूलाई सन् २०२२ को एएए छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिक, अनुशासन र सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका छात्रवृत्ति प्रदान गरिएको हो ।

विद्यार्थीहरूलाई उनीहरूको कलेजमा उत्कृष्ट प्रदर्शनको लागि १ सय प्रतिशत ट्यूशन शुल्क माफ गरिएको छ । यस छात्रवृत्ति कार्यक्रमको लागि कूल कूल १ सय ३६ जना विद्यार्थीले आवेदन दिएका थिए । छात्रवृत्तिको कूल रकम लगभग २८ लाख रुपैयाँको रहेको छ ।

कलेज परिवार र सम्बन्धित विद्यार्थीका अभिभावकको उपस्थितिमा छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुरस्कृत विद्यार्थीलाई कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. दक्षता राणा शाहले धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्