Logo

नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आवद्ध करिब ३ सय जना अभिकर्ताहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ ।

अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आवद्ध भइ बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अझ बढी सक्षम र व्यवसायी बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारका कार्यक्रमहरु सञ्चालन बताए । सोही क्रममा धनगढीमा यस कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । यसैगरी कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरेका थिए ।

कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताए । कम्पनीको सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्