आईसीटी अवार्डः तीन विधामा उत्कृष्ट पाँच

इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौटपश्चात् उत्कृष्ट ५ को घोषणा भएको हो । यसअघि २६ कात्तिकमा सबै विधाका उतकृष्ट १२ प्रतिस्पर्धीले १२ जना जुरीसमक्ष प्रिजेन्टेसन र स्पिड डेटिङ सेसनमा प्रस्तुति दिएका थिए ।
स्टार्टअप आईसीटी अवार्ड विधामा उत्कृष्ट ५ मा पर्न सफल कम्पनीहरु क्यूरा हेल्थ, मोनाल टेक, पिक एन्ड ड्रप, रेड टेल फक्स, रिंगेज टेक रहेका छन् । यसैगरी प्रडक्ट आईसीटी अवार्डमा पर्न सफल उत्कृष्ट ५ प्रडक्टहरुमा बिहे नेपाल, फिनपस, गल्ली म्याप्स, टिग र भैरव ट्रिडेन्ट रहेका छन् ।
राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विधामा पर्न सफल ५ इन्नोभेसनहरुमा आस्क म्याटरब, अटोनोमस इगल आई यूएभी, कारोबार एप, नेप्टु र साराङ रहेको आयोजकले जानकारी दिएको छ । यस प्रतिस्पर्धाको पिचिङ तथा ग्राण्ड जुरी सेससनलाई यस वर्ष कान्तिपुर टेलिभिजनमा प्रशारण गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।
उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्पर्धीले आइएमइ पे र स्पारो एसएमएस मार्फत पब्लिक भोटिङमा सहभागी हुनुपर्नेछ। उक्त विधामा जुरीको छनौट, पब्लिक भोटिङ, डेमो र कम्पनीको अवलोकनको आधारमा सर्वोत्कृष्ट छनौट गरिने आयोजक समिति सदस्य सुशील पोखरेलले जानकारी दिए ।
उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभसनहरुको लागि पब्लिक च्वाइस आईसीटी अवार्ड २०२२ पनि भोटिङसँगै खुल्ला हुनेछ। पल्लिक भोटिङ ९ देखि २९ मसिंरसम्म सञ्चालन हुने आयोजक लिभिङ विथ आईसीटीले जानकारी दिएको छ । यी पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आईसीटी अवार्ड विधाहरुमा छनौट प्रक्रिया जारी रहेको छ ।
यसैगरी निजी र सरकारी शैक्षिक सस्थालाई प्रदान गरिने डिजिटल एजुकेशन आईसीटी अवार्ड, सरकारी सस्थालाई डिजिटल गर्भनेन्स आईसीटी अवार्ड र कर्पोरेट क्षेत्रको लागि डिजिटल सर्भिसेस आईसीटी अवार्ड विधाहरुमा पनि समावेश छन् । १३ विधामा प्रदान गरिने आईसीटी अवार्ड २०२२ को लागि ३ महिनादेखि विभिन्न चरणका छनौट प्रकृयाहरु जारी छन् । १८ र १९ कात्तिकमा सय भन्दा बढि स्टार्टअपहरुको संलग्नतामा स्टार्टअप फेस्ट पनि आयोजना भएको थियो ।
यस वर्ष दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ को पनि घोषणा गरिएको छ । यस विधामा ७ वटा देशबाट ५० बढिको नोमिनेशन प्राप्त भएको आयोजकले जानकारी दिएको छ । विभिन्न देशका विज्ञहरुको संलग्नतामा यस विधाको विजेताको लागि छनौट प्रकृया सञ्चालन भइरहेको जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । उत्कृष्ट ५ साउथ एसियन स्टार्टअपहरु ग्राण्ड फिनालेको लागि नेपाल आउनेछन् ।
लिभिङ विथ आईसीटीले आयोजना गरेको इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ एन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनस, पावर्ड वाई ह्वावे एण्ड स्मार्ट क्युआरको ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । यो कार्यक्रम विभिन्न टेलिभिजन, अनलाइन र एपहरु मर्फत प्रत्यक्ष प्रशारण हुने जनाइएको छ ।
आईसीटी अवार्ड २०२२ को शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स सह–प्रायोजकमा नेपाल टेलिकम र जेनेस, पावर्ड बाई प्रायोजकमा ह्वावे र स्मार्ट क्यूआर, क्याटेगोरी स्पोन्समा एनसेल, ई–कमर्स पार्टनर दराज, पेमेन्ट पार्टनर आईएमई पे, इन्टरनेट पार्टनर डिशहोम फाइबरनेट, नलेज पार्टनर प्रेसिडेन्सियल बिजनेस स्कुल, सपोर्टिङ पार्टनर माइक्रोसफ्ट छन् ।
कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल उद्योग वाणिज्य महासंघको सहयोग तथा सहकार्य रहेको छ । यसका साथै अवार्डको इन्स्योरेन्स पार्टनर आईएमई जनरल इन्स्योरेन्स, डाटा सेन्टर एण्ड क्लाउड पार्टनर सिल्भर लाइनिङ, आईटी ट्रेनिङ पार्टनर ब्रोडवे इन्फोसिस, एडटेक पार्टनर वेद, इन्क्युबेसन पार्टनर किंग्स कलेज, गेमिङ पार्टनर यार्सा ल्याब्स, सपोर्टिङ पार्टनर फ्युज मसिन लगायतको सहकार्य रहेको छ ।