कलंकीमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकको शाखा

काठमाडौंको कलंकीमा एनसीसी बैंकको शाखा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले शुक्रबार शाखाको विधिवत उद्घाटन गरे ।
समारोहमा श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकले तोकेबमोजिम बैंकिङ पहुँच नपुगेका स्थानीय क्षेत्रमा समेत शाखाहरू विस्तार गर्न लागेको जानकारी पाएकोमा खुसी व्यक्त गरे । एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानीयहरूबाट सहयोग प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंकले नेपाल राष्ट्र बैंकले तोकेबमोजिम देशका अन्य क्षेत्रमा समेत शाखा खोल्ने निर्णयका साथ प्रक्रिया अगाडि बढिसकेको र यस क्षेत्रमा मर्जरपश्चात् दोहोरिएका शाखा स्थानान्तरण गरिएको हुँदा यस शाखाबाट बैंकले अन्य प्रतिस्पर्धी बैंकहरूसँग छुट्टै पहिचानका साथ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।