लगानी नघटाए तापमान वृद्धि घटाउन चुनौती «

लगानी नघटाए तापमान वृद्धि घटाउन चुनौती

जैविक इन्धन उत्पादनमा बढ्दो लगानी नरोके कार्बन उत्सर्जन वृद्धि भई विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा कायम राख्ने पेरिस सम्झौता कार्यान्वयन सम्भव नहुने भन्दै यतिबेला इन्धन उत्पादन गर्ने मुलुकलाई चर्को दबाब सिर्जना हुन थालेको छ ।

हालसम्म विश्वमा कोइला, तेल ग्यासलगायतका जैविक इन्धनमाथि ११ बिलियन अमेरिकी डलर लगानी भएको पाइएको छ । जैविक इन्धनमाथिको बढ्दो लगानीले कार्बन उत्सर्जन बढिरहेको भन्दै लगानी कम गर्न जैविक इन्धन उत्पादक मुलुकहरुलाई दबाब सिर्जना भइरहेको छ । ‘कार्यान्वयनका लागि सँगसँगै’ भन्ने नाराका साथ इजिप्टस्थित शर्म अल–शेखमा आइतबार मात्रै सम्पन्न संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २७औँ सम्मेलनमा पनि जैविक ऊर्जा उत्पादन कम हुनुपर्ने निर्णय भएको छ ।

गत वर्ष बेलायतस्थित ग्लास्गोमा सम्पन्न भएको जलवायुसम्बन्धी २६औं अन्तराष्ट्रिय सम्मेलनमा पनि कोइलाको प्रयोगलाई हटाउनुपर्नेमा माग उठेको थियो । चीन सहमत भए पनि भारतले भने आफ्नो देशको अर्थतन्त्रमा ह्रास आउन सक्ने भन्दै सहमत जनाए पनि हटाउने (फेज आउट) मा सहमत नभए पनि घटाउनुपर्ने (फेज डाउन) मा सहमत भएका थिए । तर गत साता सम्पन्न कोप २७ मा अब कोइलामात्रै होइन तेल र ग्यासको प्रयोग पनि घटाउनुपर्छ भन्ने बहस चलेको थियो । ग्यास र तेलले जलवायु परिवर्तन गराउन भूमिका नखेल्ने जीकिर गर्दै ग्यास तथा तेल उत्पादक मुलुकहरू सहमतिमा आउन नसकेपछि यो एजेन्डा पनि अन्योलमै रहेको छ ।

आगामी कोपमा यस मुुद्दा प्राथमिकताका साथ अगाडि बढ्ने विश्वास लिइएको छ । जैविक इन्धन उत्पादनमा बढ्दो लगानी नरोके कार्बन उत्सर्जन वृद्धि भई विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा कायम राख्ने पेरिस सम्झौता कार्यान्वयन सम्भव नहुने भन्दै यति बेला इन्धन उत्पादन गर्ने मुलुकलाई चर्को दबाब सिर्जना हुन थालेको छ । कोप २७ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायुमा काम गर्ने हरेक राष्ट्रको कर्तव्य र दायित्व भएको भन्दै कार्बन उत्सर्जनमा कटौती गर्ने प्रतिबद्धता जनाएसँग विश्वभर सकारात्मक सन्देश गएको छ । “सन् २०३० सम्मा ३० प्रतिशत मिथेन ग्यास कम गरिने छ, र जैविक इन्धन कटौती गर्न कडा कानुनी व्यवस्था तय गर्ने छौं,” उनले भनेका छन् ।

जैविक इन्धनअन्तगर्तका तेल, ग्यास र कोइला उत्पादन नघटाए पृथ्वीमा तापक्रम वृद्धि भई विश्वले जलवायु परिवर्तनको जोखिमले ठूलो धनजनको क्षति बेहोर्नुपर्ने बताउँछन्, विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेती । “जैविक इन्धनमा करिब ११ बिलियन अमेरिकी डलर लगानी भएको देखिन्छ, यसको प्रयोग कम गर्दै लगानी नघटाउने हो भने कार्बन उत्सर्जन वृद्धि भई वायुमण्डलीय सतहमा हरितगृह ग्याँस बढ्ने र पृथ्वीको तापक्रम पनि वृद्धि हुँदै जाने छ, यसले निम्त्याउने जलवायुजन्य समस्या अझै विकराल बन्दै जाने छ,” उनले भने, “अब कोइला, तेल ग्याँसजस्ता जैविक इन्धन उत्पादन घटाउन उत्पादक मुलुकलाई दबाब दिनुपर्छ, यस पटकको कोपमा कम गर्दै जाने एजेन्डामा एक खालको सहमति त भयो ? तर कुन देशले कति मात्रामा कम गर्ने ? वा कति समयमा घटाउने भन्ने विषयमा यो कोपको निर्णय स्पष्ट गरिएन । अगामी कोपमा यो मुद्दाले प्राथमिकता पाउने छ ।”

उनका अनुसार हरेक मुलुकले कार्बन, उत्सर्जन ५० प्रतिशतले कम गर्दै जानुपर्ने सहमति कार्यान्वयनका लागि पनि जैविक इन्धनमाथिको लगानी कम गर्न उत्पादक मुलुकलाई दबाब सिर्जना गरिरहनु आवश्यक छ ।
नेपालले पनि मिथेन ग्यांसलाई विस्थापित गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ र कोइलालाई पूर्णरूपमा हटाउने सम्झौतालाई अगाडि बढाउने निर्णय भएको बताउँछन् वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन माहाशाखा प्रमुख डा. बुद्धिसागर पौडेल । “मिथेन कटौती गर्न दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने छौं, कोइलालाई विस्थापित गर्न नवीकरणीय ऊर्जामा जोड दिने छौं,” उनले भने ।

विश्वमा सबैभन्दा बढी ऊर्जाले उत्सर्जन बढाएको डब्लुडब्लुडटसिटुइस (www.c2es.org) डट ओआरजीको अध्ययनमा उल्लेख छ । ऊर्जाबाट ७२ प्रतिशत उत्सर्जन भइरहेको छ । यसैगरी कृषि क्षेत्रबाट ११ प्रतिशत, औद्योगिक प्रक्रियाबाट ६ प्रतिशत, भूमि प्रयोग परिवर्तन र वनबाट ६ प्रतिशत, फोहोरबाट तीन प्रतिशत र बंकर (पानी जहाजमा प्रयोग गरिने) इन्धनबाट २ प्रतिशत कार्बन उत्सर्जन भएको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी ऊर्जा क्षेत्रले कार्बन उत्सर्जन गराएको अध्ययनले देखाएको छ । त्यो मध्ये पनि इलेक्ट्रोनिक हिटहरूले सबैभन्दा बढी ३१ प्रतिशत उत्सर्जन गराएको पाइन्छ । यातायातबाट १५ प्रतिशत, निर्माणबाट १२.४ प्रतिशत, इन्धन दहनबाट ८.४ प्रतिशत, फरार उत्सर्जनबाट ५.२ प्रतिशत कार्वन उत्सर्जन भएको पाईन्छ ।

विश्वमा सबैभन्दा बढी ऊर्जाले उत्सर्जन बढाएको पनि उक्त अध्ययनले देखाएको छ । उर्जाबाट ७२ प्रतिशत उत्सर्जन भइरहेको छ । यसैगरी कृषि क्षेत्रबाट ११ प्रतिशत, औद्योगिक प्रक्रियाबाट ६ प्रतिशत, भूमि प्रयोग परिवर्तन र वनबाट ६ प्रतिशत, फोहोरबाट ३ प्रतिशत र बंकर (पानी जहाजमा प्रयोग गरिने) इन्धनबाट २ प्रतिशत कार्बन उत्सर्जन भएको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी ऊर्जा क्षेत्रले कार्बन उत्सर्जन गराएको अध्ययनले देखाएको छ । त्योमध्ये पनि इलेक्ट्रोनिक हिटहरूले सबैभन्दा बढी ३१ प्रतिशत उत्सर्जन गराएको पाइन्छ । यातायतबाट १५ प्रतिशत, निर्माणबाट १२.४ प्रतिशत, इन्धन दहनबाट ८.४ प्रतिशत, अन्य उत्सर्जनबाट ५.२ प्रतिशत कार्बन उत्सर्जन भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्