आज शेयर बजार साढे ११ अंकले बढ्यो «

आज शेयर बजार साढे ११ अंकले बढ्यो

शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५६ अंकले बढेर १ हजार ९ सय ३३ दशमलव ५५ विन्दुमा पुगेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ ।

हिजो (बुधबार) १ अर्ब २ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ३२ वटा कम्पनीको शेयर ९२ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साइन रेसुंगा विकास बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर झन्डै ७ प्रतिशत र आरएमडीसी लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि किसान लघुवित्तको शेयर झन्डै ३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्