Logo

नेपाल लाइफ इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश पारित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा बिहीबार होटल भिष्वा, वीरगंजमा सम्पन्न भएको छ । उक्त सभाले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित समेत पारित गरेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्