सामाजिकसँगै आर्थिक विकास अबको बाटोः शक्ति बस्नेत

विकासको लागि जग हालिएको भन्दै अब परिणाम देखाउने समय आएको प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताए । उनले जाजरकोट सदरमुकाममा आयोजना गरिएको विजय सभालाई सम्बोधन गर्दै अहिले चुनाव जनताको विजयको हिस्सा रहेको बताए ।
चुनावमा उठाएका एजेण्डाहरु नै आफ्ना मुल एजेण्डा भएको उनले बताए । ६० प्रतिशतभन्दा बढी मतदान सुरु भनेको उत्साह जनक सहभागीता हो पूर्वमन्त्री बस्नेतले भने । जिल्लाका सबै वडाहरुमा १२ महिना यातायात सञ्चालन हुने सडक निर्माण गरिने र पालिकाको मुकाममा पिच गर्ने काम समेत यही पाँच वर्ष भित्र पूरा गर्ने बताए ।
समय बित्दै जाँदा विकासका मोडहरु पनि समय अनुसार बदलिने भन्दै बस्नेतले अब केही महिनाभित्र जिल्ला भरी सबै ठाउँमा सञ्चार सेवा पुग्ने बताए । सबै ठाउँमा इन्टनेरनेट सेवा समेत सञ्चालन हुने बताए । खानेपानी र सिंचाइका सयौँ योजनाहरु निर्माण भएको र बाँकी ठाउँमा समेत निर्माण गरिने बताए । पाँच वर्षभित्र देखिने र अनूभुति हुने गरी काम हुने बताए । अर्थिक र सामाजिक विकास नै अबको बाटो भएको उनको जिकिर छ ।