धादिङ १ को प्रदेशसभा २ मा सालिकराम विजयी «

धादिङ १ को प्रदेशसभा २ मा सालिकराम विजयी

धादिङ प्रतिनिधिसभा १ को प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्कटेल विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४ सय २५ मतअन्तरले पराजित गर्दै जम्कटेल विजयी भएका हुन् ।

प्रदेशमा कुल ३५ हजार ९ सय ५ मत गणना हुँदा जम्कटेलले १९ हजार ९ सय ३ मत प्राप्त गरेका छन् भने निकटतम थपलियाले १२ हजार ४ सय ७८ मत आएको छ । जम्कटेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेश सांसद थिए । बागमती प्रदेश सरकारमा २ वटा मन्त्रालय सम्हालिसकेका जम्कटेल यस पटक माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दौडमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्