धादिङ प्रतिनिधिसभा २ मा रामनाथ विजयी

धादिङ प्रतिनिधिसभा २ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङका जिल्ला सभापति समेत रहेका अधिकारीले नेकपा वाम प्रजातान्त्रिक गठवन्धनका साझा उम्मेदवार नेकपा एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन् ।
मत परिणाम अनुसार कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाएका छन् भने एमालेका लोहनीले २३ हजार ९ सय ५० मत पाएका छन् । यो क्षेत्रमा ६९ हजार १ सय ६४ मत गणना भएको थियो । राष्टिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले ५ हजार ५ सय २५ मत पाइन् ।
यो निर्वाचन क्षेत्रमा ३ हजार ३ सय ७३ मत बदर भएको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् । लोहनी एमाले र राप्रपाका साझा उम्मेदवार हुन् ।