बर्जरले रोटरीसँग मिलेर विद्यालयहरू रंगाउने «

बर्जरले रोटरीसँग मिलेर विद्यालयहरू रंगाउने

बर्जर पेन्ट्स नेपालले रोटरी डिस्ट्रिक्ट ३२९२ रोटरी नेपाल लिटरेसी मिसन लाई सघाउने भएको छ । बर्जर पेन्ट्स नेपालले यस मिसनअन्तर्गत नयाँ तथा पुनर्निर्माण गरिने लगभग ३ हजार विद्यालय रंगाउनका लागि विशेष सहुलीयत मूल्यमा पेन्ट उपलब्ध गराउने भएको हो ।
यसको लागि पीडीजी रोटरीयन तथा प्रमुख ‘रोटरी नेपाल लिटरेसी मिसन’ तिर्थमान शाक्य र बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजर शैवाल घोषले वीरेन्द्र सभा गृह, विराटनगरमा शनिबार सम्झौतामा हस्ताक्षर गरेका छन् । बर्जर पेन्ट्स नेपालले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत केही क्षेत्रहरूको पहिचान गरी त्यसमा केन्दित रही शिक्षा, स्वास्थ्य र स्वच्छता, वातावरणीय जनचेतना तथा ट्राफिक जनचेतनाको प्रवद्र्धन, सामाजिक रूपमा पिछडिएका समुदायमा रोजगारको अवसर सिर्जना गर्नका लागि तालिम, महिला सशक्तीकरण तथा अन्य धेरै विषयमा काम गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्