सीजीको फुटबल ‘वल्र्डकप’ लक्षित क्यासब्याक योजना बजारमा

नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ब्राण्डले चलिरहेको फुटबल वल्र्डकप २०२२ को उपलक्ष्यमा ग्राहकहरुको लागि विशेष योजना लिएर आएको छ ।
विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वल्र्डकप अनुभव लिनका लागि सी.जी.का उत्कृष्ट टेलिभिजनहरुमा ५० हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक रहेको छ । यस अवसरमा यस विशेष योजनाको लाभ उठाइ ग्राहकहरुले उचित मूल्यमा उत्कृष्ट फुटबल हेराइको आनन्द लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।
नेपालको आफ्नै ब्राण्ड सी.जी. ले नेपालकै एकमात्र ‘गुगल–सर्टिफाइड टि.भी.’ बजारमा उपलब्ध गराउँदै आएको छ जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराइको आनन्द लिन सकिनेछ । उत्कृष्ट पिक्चर क्वालिटि लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरुसहित सी.जी. सँग फुटबल प्रेमीहरुहरु वल्र्डकपको पूर्ण मजा लिन सक्नेछन् ।
साथै, नयाँ ५० हजार ९ सय रुपैयाँसम्मको क्यासब्याक योजनाले गर्दा उक्त टिभीहरुमा ग्राहकहरुको पहुँच झनै सरल र सहझ हुनेछ । यस सि.जी. ब्राण्डका टिभीहरु २४ इन्चदेखि ७५ इन्चमा उपलब्ध छन् र जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै एन्ड्रोइड टीभीहरुसहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टि।भी उपलब्ध छन् ।
हरेक सी.जी. टिभीहरुमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरु पनि रहेका छन् । यसमा फाइभ जी नेटवर्कको क्षमता लगायत डल्बी अडियोको उत्कृष्ट साउन्ड सिस्टम रहेको छ । उत्कृष्ट, इमर्सिभ टिभी हेराइको अनुभव प्रदान गर्नको लागिगति अनुमान र गति क्षतिपूर्ति एमईएमससी फिचर पनि रहेको छ भने टु-वे ब्लुटुथ फिचरका साथ २ वटा फरक फरक ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिने क्षमता पनि उपलब्ध छ ।