मुक्तिनाथ क्यापिटल र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसी बीचविशेष छुट सम्झौता

मुक्तिनाथ क्यापिटल लिमिटेड र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसी, काठमाडौँबीच क्यापिटलका ग्राहक वर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता पत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वजजोशी र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसीका तर्फबाट अध्यक्ष मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावालाहरु (Demat Account Holders) तथा लगानी व्यवस्थापन सम्बन्धी सेवा लिइरहेका ग्राहकहरुले उक्त रेन्टुरेन्ट द हिमालयन ग्रिल बाई बाजेको समाखुसीबाट सेवा सुविधाको शुल्कमा १५ प्रतिशत छुट प्राप्तगर्न सक्नेछन् ।
मुक्तिनाथ क्यापिटलमा हितग्राही खाता भएका तथा उक्त क्यापिटलबाट लगानी व्यवस्थापन सेवा उपभोग गर्दै आइरहेका ग्राहक वर्गहरुले आफ्नो डिम्याट खाता नम्बर र आफ्नो परिचय खुल्ने कागजात देखाइ यस योजना अन्तर्गत उक्त छुट प्राप्त गर्न सकिनेछ ।
मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा अनुमति पत्र प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्था पन तथा निक्षेप सदस्य सम्बन्धी सेवा विश्वसनीयताका साथ आफ्नो ग्राहक वर्गहरुलाई प्रदान गर्दै आइरहेको छ ।