Logo

सबैभन्दा बढी आयकर दाखिला गरी बालाजु अटो वर्कस प्रालि सम्मानित

आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आर्थिक वर्ष २०७७/२०७८मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने कार्यक्रम आयोजना गरेको छ ।

यस अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस प्रालिलाई आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आय वर्ष २०७७/२०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरिएकोले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा कदर स्वरुप सम्मान–पत्रप्रदान गरिएको छ ।

बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो । झन्झट मुक्त सवारी साधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र मैक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ।

प्रतिक्रिया दिनुहोस्