Logo

वित्तीय क्षेत्रको बढी कर भुक्तानी गर्नेमा नबिल बैंक सातौं पटक सम्मानित

आर्थिक वर्ष २०७७/७८मा बैंक तथा वित्तीय संस्थाहरु मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ ।

विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले ग्रहण गरेका हुन् । बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैयाँ कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो सातौँ पटक हो ।

नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउँदै सीइओ ढुंगानाले वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्‍याउँन पाउँदा खुसी लागेको बताए । नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको तत्कालीन कुल पुँजीको १ दशमलव ३२ गुणा रकम हो ।

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४अर्ब ४५ करोड रुपैयाँ तथा १८ अर्ब ८ करोड बराबरको बोनश शेयर वितरण गरिसकेको छ । बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पुर्‍याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्