Logo

पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था बन्यो मनकामना दर्शन प्रालि

११औं राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्रमध्ये सबैभन्दा बढी आयकर दाखिला गरे वापत आन्तरिक राजश्व विभागले आज आयोजित एक कार्यक्रमबीच कम्पनीलाई सम्मान गरेको हो ।

वि.सं.२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केबुलकार सेवा प्रदान गरिसकेको छ भने यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार प्रालिले करिब ४८ करोड रुपैयाँ लागतमा मनकामनामा ४० कोठा यूक्त सुविधा सम्पन्न होटल तथा रिसोर्टको निमार्ण थालनि गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्