महासंघका अध्यक्ष गोल्छा, उपाध्यक्ष ढकाल र राजस्व समितिका सभापति अग्रवाल सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति संदीपकुमार अग्रवाल राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित भएका छन्।
राष्ट्रिय कर दिवसको अवसमा आज आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा वस्तु व्यापारतर्फ महासंघका अध्यक्ष गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., वरिष्ठ उपाध्यक्ष ढकालको आइएमई लिमिटेड रेमिट्यान्सतर्फ र कर तथा राजस्व समितिका सभापति अग्रवालको शिवशक्ति घ्यु कम्पनी खानेतेल निर्याततर्फ बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएका हुन् ।
राष्ट्रिय कर दिवसको लागि यस वर्षको नारा ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ तय गरिएको थियो । सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई कर दिवसका अवसरमा सम्मानित गर्दै आएको छ ।