धादिङ प्रतिनिधिसभा १ को १ मा मदुकुमार विजयी «

धादिङ प्रतिनिधिसभा १ को १ मा मदुकुमार विजयी

उनले १७ हजार ८३२ मत प्राप्त गरेका हुन् भने नेकपा (एमाले) का रमेशकुमार आचार्यले १६५३८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गिताप्रसाद आचार्यले १ हजार ८५२, स्वतन्त्रका नेत्रराज पौडेलले ४६८८ मत ल्याएका छन् । धादिङको प्रतिनिधिसभा १ को प्रदेशसभा १ मा गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका काँग्रेसका मदुकुमार श्रेष्ठ १ हजार २९४ मत अन्तरसहित विजय भएका छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीका पदमबहादुर तामाङले ७१, जनता समाजवादी पार्टी नेपालका सुर्यबहादुर तामाङले १२०, मँगोल नेशनल अर्गनाईजेशनका धर्मराज गुरुङले ८५१, जनसमाजवादी पार्टी नेपालका विष्णु नेपालीले ८२, स्वतन्त्रका इश्वरप्रसाद कोईरालाले २५१, कुमार विश्वकर्माले ३८४, माधवप्रसाद खतिवडाले १३, रमेशप्रसाद आचार्यले ४०८, रविना पौडेलले १४, सुजन थिङले १५७ र सुरतकुमार श्रेष्ठले १५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्