ताप्लेजुङबाट योगेश भट्टराई दोस्रो पटक विजयी «

ताप्लेजुङबाट योगेश भट्टराई दोस्रो पटक विजयी

प्रतिनिधिसभा अन्तर्गत ताप्लेजुङबाट नेकपा (एमाले)का सचिव योगेश भट्टराई दोस्रो पटक विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै विजयी भएका हुन् ।

उनले २१ हजार ९ सय ४२ प्राप्त गरेका छन् । २०६४ र ०७० सालको पहिलो र दोस्रो संविधान सभा चुनावमा काठमाडौँबाट पराजित भएका भट्टराई २०७४ सालमा भने ताप्लेजुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका रूपमा विजयी भएका थिए ।

यस्तै माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्