Logo

गोरखा क्षेत्र नं १ (१) मा माओवादीका धिताल विजयी

गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा (माओवादी केन्द्र)का कृष्ण धिताल विजयी भएका छन् । आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरी विजयी भएका सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।

धिताल उनी वामलोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र थापाले नौ हजार आठ सय २२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्