आइएमई पे र बिग डिजिटलले ल्याए ट्रिपल वल्र्डकप अफर

आइएमई पे र बिग डिजिटलबीच समझदारी गरिएको छ । समझदारीअनुसार कतारमा जारी विश्वकप फुटबलका रोमाञ्चक खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आईएमई पेबाट गर्दा १ हजार रुपैयाँ छुट पाइनेछ ।
स्मार्ट क्युआर स्क्यानमार्फत गर्दा १ हजार रुपैयाँ ‘फ्ल्याट’ छुट पाउने कम्पनीले जनाएको छ । साथै, ग्राहकहरुले ५ हजार रुपैयाँसम्मको स्क्राच कुपन र फ्री स्पिकर पनि पाउन सक्नेछन् । यो अफर बिग डिजिटलका स्टोरमा १ मंसिरबाट लागू भइ विश्वकप अवधिभर कायम रहनेछ ।