Logo

हिमालयन बैंकले डिस्कभर्स अन्तर्राष्ट्रिय सञ्जालका कार्डहरु स्वीकार्ने

हिमालयन बैंक लिमिटेडले डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्ने व्यवस्था सुरु गरेको छ । बैंक तथा डिस्कभर्स अन्तर्राष्ट्रिय नेटवर्कबीच भएको उक्त व्यवस्थाले कार्डबाहकलाई उनीहरुको सुविधाका लागि नेपालका विभिन्न मर्चेन्टहरुमा भुक्तानी गर्ने विकल्प उपलब्ध हुने बैंकले जनाएको छ ।

डिस्कभर्सका कार्डहरु स्वीकार गर्ने नेपालका विभिन्न मर्चेन्टहरुले उक्त नेटवर्कका विश्वभरि फैलिएका २८ करोड ग्राहकहरुले वार्षिकरुपमा गर्ने ५०० अर्ब डलर बराबरको खर्चमा आफ्नो पहुँच प्राप्त गर्नेछन् । बैंकले काठमाडौं, पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रहरुका विभिन्न होटल, रेष्टुराँ, खुद्रा व्यापार तथा अन्य मर्चेन्टहरुमा रहेका आफ्ना पस मेशिनहरुमा उक्त नेटवर्कका कार्डहरु स्वीकार गर्ने छ ।

डाइनर्स क्लब अन्तराष्ट्रिय तथा डिस्कभर्सको लोगो भएको मर्चेन्टहरुले डिस्कभर्स अन्तराष्ट्रिय नेटवर्कद्वारा जारी भएको कार्डहरु स्वीकार गर्ने छ । नेपाल प्रमुख भ्रमण गन्तव्य रहेको हुँदा बैंकले पर्यटकहरुलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरुलाई उक्त कार्ड स्वीकार गर्ने अवसर दिएको छ ।

हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्वीकार गर्ने तथा डाइनर्स एण्ड डीस्कभर कार्ड स्वीकार गर्ने एक मात्र बैंक हो । बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १६० एटीएम तथा ६ हजारभन्दा बढी पस टर्मिनलहरुमा स्वीकार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्