Logo

उडान संख्या वृद्धि गर्न निगमको माग

नेपाल वायुसेवा निगमले उडान संख्यामा वृद्धि गर्न माग गरेको छ । निगमले तालुकदार मन्त्रालय र नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उडान संख्यामा वृद्धि गर्नको लागि समन्वय गरिदिन अनुरोध गरेको छ ।

निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उडान संख्यामा कटौती गर्दा निगमको आम्दानी समेत घटेकाले समन्वय गरीदिन माग गरेको छ । प्राधिकरणले जाडो याम (३० अक्टोबरदेखि २५ मार्च) सम्मको उडान कार्यतालिकामा १४ उटान कटौती गरेसँगै आम्दानीमा कमी आएको भन्दै उडान संख्या थपको लागि अनुरोध गरेको छ ।

निगमले भनेको छ, “यसअघि निगमले दिल्लीका लागि १४, दोहा, मलेसिया र दुबईका लागि ७÷७ र रियादको लागि ६, मुम्बई, बैगलुरु, हङकङ, बैंकक र नारिताका ३/३ गरी सातामा जम्मा ५६ वटा उडानको तालिका प्राधिकरणमा स्वीकृतिका लागि पेस गरेको थियो । तर प्राधिकरणले २३ अक्टोबरमा निगमका १४ उडान कटौती गरेर सातामा ४२ वटा मात्र स्वीकृत गरेको छ ।”

निगमले जाडो यामको उडान कार्यतालिकामा सातामा ५६ उडान भर्ने गरी प्राधिकरणमा कार्यतालिका बुझाए पनि १४ उडान कटैती गरेर सातामा ४२ उडानको मात्र स्वीकृति गरेको थियो । निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको साताको १४ उडानमध्ये १० वटा उडान मात्र स्वीकृत भएकोमा त्यसबाट उक्त सेक्टरको उडान रद्द हुँदा निगमको आम्दानीमा खुम्चिएको र थप अतिरिक्त भार व्यहोरर्नु परेको निगमले भनेको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल विभिन्न १० वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ ।

उक्त गन्तव्यमध्ये मित्रराष्ट्र भारतको नया“ दिल्लीमा विगत लामो समयदेखि निगमले नियमित रुपमा दैनिक दुईवटा उडान सञ्चालन गर्दै आएको छ । उक्त उडान निगमको रासायिक दृष्टिकोणले मात्र महत्वपूर्ण नभई नेपालीलाई स्वास्थ्य उपचार, उच्च शिक्षा आर्जन, व्यवसाय प्रवर्द्धन तथा अन्य मुलुक प्रस्थानका लागि समेत महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणको निर्देशनानुसार निगम व्यवस्थापनले निर्णय गरी सञ्चालक समितिको समेत स्वीकृति पश्चात हप्ताको ०४ फ्लाइट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा (काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं) उडान गर्ने गरी स्वीकृतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाइसकिएको साथै निगमको कटौती भएको उडान पुरानै कार्यतालिका अनुसार नै यथावत सञ्चालन गर्ने र आवश्यकता अनुसार अन्य गन्तव्यमा उडान थप गर्नसमेत मन्त्रालय र प्राधिकरणलाई अनुरोध गरेको छ ।

निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्य गर्दै आएको र सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्यसञ्चालनका लागि जिम्मेवारी लिन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्