Logo

एलजीको टेलिभिजन प्रडक्ट रेन्जमा आकर्षक क्यास ब्याक अफर

एलजीले आफ्ना टेलिभिजन उत्पादनहरुमा आकर्षक क्यास ब्याक अफरको घोषणा गरेको छ । खेलकुदको मौसममा नेपाली दर्शकले चाहेको गुणस्तरीय टेलिभिजनको आवश्यकतालाई केन्द्रित गर्दै कम्पनीले एलजी टिभी हरेक खेलप्रेमीका लागि उपयुक्त विकल्प हुने विश्वास लिएको छ ।

कम्पनीका अनुसार यो क्यास ब्याक क्याम्पेन, स्टेडियम कम्स होम, एलजीको टिभीहरुका लागि मात्र हो । यसमा ओलेड, नानोसेल, युएचडी र स्मार्ट टिभीहरुका विभिन्न आकर्षक मोडलहरु समावेश छन् । ग्राहकहरुले यी टिभीहरु देशभरका कुनै पनि एलजी शोरुम र एलजीको अधिकृत विक्रेताहरुकोमा गएर खरिद गर्न सक्नेछन् ।

‘एलजी नेपालले आफ्ना ग्राहकहरुलाई सधैं विश्वस्तरीय प्रविधिको अनुभव प्रदान गर्ने प्रयास गर्दै आएको छ । ब्रान्ड म्यानेजर मुकेश बैठाले भने, यो अफर क्याम्पेन त्यही निरन्तर प्रक्रियाको एक हिस्सा हो जहाँ हामी हाम्रा ग्राहकहरुले यस मेगा स्पोर्टिङ इभेन्टको हरेक पलको आनन्द लिनुहोस् भन्ने चाहन्छौं ।,’

३५ प्रतिशतसम्म क्यास ब्याक बाहेक ग्राहकहरुले एलजी नानोसेल टिभीको साथ निःशुल्क एलजी साउन्ड बार, निःशुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम, जिरो (०) प्रतिशत आकर्षक इएमआई अप्सन, निःशुल्क डेलिभरी र एक्सचेन्ज अफर पनि पाउनेछन् ।

‘नेपाली ग्राहकहरुले केही खरिद गर्दा उत्पादन भन्दा अरु पनि आशा राख्दछन् । उनीहरु र ब्रान्ड बीचको सम्बन्धको आशा गर्दछन् । ग्राहकहरु र ब्रान्डबीचको यो भावनात्मक सम्बन्धले हामीलाई यो क्यास ब्याक अफर ल्याउन मद्दत गर्‍यो जसले आफ्ना साथी र परिवारसँग फुटबल हेर्ने अनुभवका साथै धेरै सेवा र सुविधाहरु पनि प्रदान गर्दछ,’ डजिएम, मार्केटिङ तथा ब्रान्ड व्यवस्थापन गौरव हमालले भने ।

प्रतिक्रिया दिनुहोस्