धादिङका मतदातामा उत्साह देखिएन «

धादिङका मतदातामा उत्साह देखिएन

४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा धादिङका मतदातामा उत्साह देखिएन । दुई प्रतिनिधिसभा र चार प्रदेश सभा रहेको यस जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २८ तथा प्रदेश सभामा ३८ जना र समानुपातिकतर्फ प्रतिनिधिसभामा १७ जना र प्रदेश सभातर्फ ३७ जना गरी १ सय १० जना उम्मेदवार भए पनि उत्साहजनक मत खसेन ।

निर्वाचन कार्यालयले दिएको प्रारम्भिक जानकारी अनुसार ५६ प्रतिशतमात्र मत खसेको छ । जिल्लामा १३ हजार ५ सय ९४ महिला, १ लाख ३५ हजार ४ सय १ पुरुष र १ तेश्रो लिङ्गी गरी २ लाख ६५ हजार ९ सय ९६ मतदाता रहेकोमा ७० हजार १ सय ६३ महिला र ७८ हजार ६ सय ७६ पुरुष मतदाताले मतदान गरेका छन् ।

प्रारम्भिक जानकारी अनुसार प्रतिनिधिसभा १ को १ धुनीबेसी नगरपालिकामा १५ हजार ६ सय ८९ (६१ प्रतिशत), थाक्रे गाउँपिलकामा १६ हजार ४ सय १८ (६१ प्रतिशत) र १२ हजार ८ सय ८३ (६३ प्रतिशत) गरी ४४ हजार ९ सय ९० (६१.६६ प्रतिशत), खसेको छ । यसैगरी प्रतिनिधिसभा १ को २ मा गजुरी गाउँपालिकामा १० हजार ८ सय ५४ (५९ प्रतिशत), बेनीघाट रोराङ गाउँपालिकामा १३ हजार २ सय ३१ (६४ प्रतिशत), र सिद्धलेक गाउँपालिकामा १२ हजार ५१ (६० प्रतिशत), गरी ३६ हजार १ सय ३६ (६१ प्रतिशत) मत खसेको छ ।

यसैगरी प्रतिनिधिसभा २ को १ नेत्रावती गाउँपालिकामा ५ हजार १ सय २९ (४४ प्रतिशत), ज्वालामुखी गाउँपालिकामा १२ हजार ३ सय ३७ (५७ प्रतिशत) र नीलकण्ठ नगरपालिकामा (वडा नं १० र ११ बाहेक) २० हजार ४ सय ५६ (५५ प्रतिशत) गरी ३७ हजार ९ सय २२ (५२ प्रतिशत) खसेको छ । यसैगरी प्रदेश सभा २ मा नीलकण्ठ नगरपालिका वडा नं १० र ११ मा २८ सय ३८ (४६ प्रतिशत), त्रिपुरासुन्दरी गाउँपालिकामा ८७ सय २५ (४३ प्रतिशत), गंगाजमूना गाउँपालिकामा ८५ सय २५ (४७ प्रतिशत), खनियाँवास गाउँपालिकामा ४८ सय ३६ (५० प्रतिशत), र रुवीभ्याली गाउँपालिकामा ४७ सय ५५ (५३ प्रतिशत), गरी २९ हजार ६ सय ९७ (४८ प्रतिशत) खसेको छ ।

देश चलाउने नेताहरूले हो । तर पनि जनअपेक्षा अनुसार चलाउन सकेनन् । चुनावमा पनि सिद्धान्तविपरीत गठबन्धन गरे । टाढा टाढाबाट ल्याउने लाने र खाने व्यवस्था खासै देखिएन । स्थानीय चुनावमा भए टोलटोल उम्मेदवार हुन्थे अनि रौनक हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्