Logo

धादिङका मतदातामा उत्साह देखिएन

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा धादिङका मतदातामा उत्साह दिखएन । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको यस जिल्लामा प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा २८ तथा प्रदेश सभामा ३८ जना र समानुपातिक तर्फ प्रतिनिधि सभामा १७ जना र प्रदेश सभा तर्फ ३७ जना गरी ११० जना उम्मेदवार भएपनि उत्साहजनक मत खसेर । निर्वाचन कार्यालयले दिएको प्रारम्भिक जानकारी अनुसार ५६ प्रतिशत मत खसेको छ ।
जिल्लामा १३०५९४ महिला, १३५४०१ पुरुष र १ तेश्रो लिङ्गी गरी २६५९९६ मतदाता रहेकोमा ७०१६३ महिला र ७८६७६ पुरुष मतदाताले मतदान गरेकाछन् । प्रारम्भिक जानकारी अनुसार प्रतिनिध सभा १ को १ मा धुनीवेसी नगरपालिकामा १५६८९ ९६१ प्रतिशत०, थाक्रे गाँउपिलकामा १६४१८ ९६१ प्रतिशत० र १२८८३ ९६३ प्रतिशत० गरी ४४९९० ९६१।६६ प्रतिशत०, खसेको छ । यसैगरी प्रतिनिधि सभा १ को २ मा गजुरी गाँउपालिकामा १०८५४ ९५९ प्रतिशत०, बेनीघाट रोराङ गाँउपालिकामा १३२३१ ९६४ प्रतिशत०, र सद्धलेक गाँउपालिकामा १२०५१ ९६० प्रतिशत०, गरी ३६१३६ ९६१ प्रतिशत० मत खसेको छ ।
यसैगरी प्रतिनिधि सभा २ को १ मा नेत्रावती गाँउपालिकामा ५१२९ ९४४ प्रतिशत०, ज्वालामुखी गाँउपालिकामा १२३३७ ९५७ प्रतिशत०,र नीलकण्ठ नगरपिलकामा ९वडा नं १० र ११ वाहेक० २०४५६ ९५५ प्रतिशत० गरी ३७९२२ ९५२ प्रतिशत० खसेको छ । यसैगरी प्रदेश सभा २ मा नीलकण्ठ नगरपालिका वडा नं १० र ११ मा २८३८ ९४६ प्रतिशत०, त्रिपुरासुन्दरी गाँउपालिकामा ८७२५ ९४३ प्रतिशत०, गंगाजमूना गाँउपालिकामा ८५२५ ९४७ प्रतिशत०, खनियाँवास गाँउपालिकामा ४८३६ ९५० प्रतिशत०, र रुवीभ्याली गाँउपालिकामा ४७५५ ९५३ प्रतिशत०, गरी २९६९७ ९४८ प्रतिशत०, खसेको छ ।
देश चलाउने नेताहरुले हो । तरपनि जनअपेक्षा अनसार चलाउन सकनेन । चुनावमा पनि सिद्धान्त विपरित गठवन्धन गरे । टाढा टाढाबाट ल्याउने लाने र खाने व्यवस्था साखै देखिएन । स्थानीय चुनावमा भए टोलटोल उम्मेदवार हुन्थे अनि रौनक हुथ्थ्यो । यही करणा होला जस्ता लाग्छ भन्छन मतदाताहरु ।
तस्वीर राजेन्द्र बस्नेत
गजुरी गाँउपालिका गजुरीबजार स्थित आदर्श मावि मतदान केन्द्रमा मतदान गर्न लामवद्ध मतदाताहरु

प्रतिक्रिया दिनुहोस्