अभियान लघुवित्तले मनायो वार्षिकोत्सव

अभियान लघुवित्त वित्तीय संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेर तेस्रो वार्षिकोत्सव बनाएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष बाबुराम थापाले कोरोना महामारी र आर्थिक मन्दी एवम् वित्तीय तरलताको अवस्थामा पनि आफूहरुले ग्राहकको सेवामा निरन्तर काम गरेको बताए ।
वार्षिकोत्सवको अवसरमा देशभरका शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रियस्तरको यस संस्थाले ७ वटा प्रदेशका २१ जिल्लामा ६० शाखामार्फत २८००० सदस्यलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सो संस्थाको चुक्ता पुँजी २५ करोड रहेको छ ।