डीएभी विद्यालय परिवार बृहत अन्नदानमा सहभागी

हरेक दुई वर्षमा आयोजना हुने सुपर बावल फुड डोनेसनमा सम्पूृर्ण विद्यार्थी, शिक्षक र कर्मचारीको विगत वर्षहरुमा जस्तै उल्लेखनिय सहभागीता देखिएको छ ।
डीएभी विद्यालयमा २८ देखि ३० कात्तिकमासुपर बावल फुड डोनेशन आयोजना गरिएको हो । बिगतका वर्षहरुमा जस्तै मदर टेरेसा सोेसल सर्भिस कल्बले विद्यार्थीहरुमा मानवियताको भावना जागृत गराउन र समाजमा रहेका विभिन्न असहाय र अपांगता भएका व्यक्तिसमेत खुशी, स्वस्थ र सुरक्षित बनाउने मानविय जिम्मेवारी सबैले लिनुपर्ने मान्यता राख्दै आएको छ ।
यस वर्ष अर्थात शैक्षिक शत्र २०२२/०२३ को लागि विद्यालयको नारा ‘प्रत्येक बालबालिका खुशी, स्वस्थ र सुरक्षित रहने नैसर्गिक अधिकार’ रहेको छ । अन्नदानमा सहभागीहरुले बिभिन्न प्रकारका खाद्यान्न चिउरा, दाल, गेडागुडी, पिठो, मैदा, सुजी, तेल, चिनी, बिस्कुट, कुकिज, चाउचाउ, भुजिया, दालमोठ, चियापत्ति, मसला र सुकाइएका फलफूलहरु दान गरेका थिए ।
फुड डोनेसनमा संकलित खाद्यान्नलाई सोही दिन बेलुका, मेरी वार्ड स्कुल झम्सिखेल ललितपुर र मेरी वार्ड स्कुल लुभु ललितपुरलाई हस्तान्तरण गरिएको थियो । त्यसैगरी दोस्रो दिनमा संकलित सम्पूृर्ण खाद्यान्न होर्याक नेपाल किर्तिपुर काठमाण्डौं, मञ्जुश्री वृद्धाश्रम, डोलाहीटी ललितपुर र आश्रय नेपाल बागडोल, ललितपुर नेपालका संचालकहरुलाई हस्तान्तरण गरिएको थियो ।
सोहि अनुरुप तेस्रो दिन संकलित खाद्य सामग्रीहरु मुदीता सेवागृह महालक्ष्मीस्थान ललितपुर, दी अर्फन होम्स् तिखीदेवल ललितपुर र आमाघर रवीभवन काठमाडौंलाई हस्तान्तरण गरिएको थियो ।
यसैबीच, आश्रयस्थलमा जीबनयापन गर्दै आएका आमाहरु लगायत सञ्चालकहरु समेत विद्यालयमा सहभागी भई विद्यालय परिवार प्रति कृतज्ञता व्यक्त गरे । यसका अलवा मदर टेरेसा सोसल सर्भिस क्लबले विभिन्न समयमा लेबर डोनेसन, शैक्षिक सामग्री र चिसोको मौसममा लत्ताकपडा संकलन गरी असाह्य र सिमान्तकृत समुदायलाई हस्तान्तरण गर्र्दै आएको छ ।