आइडिया स्टुडियो सिजन ७ सुरू

आइडिया स्टुडियो नेपालले १५ नोभेम्बर २०२२ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ ।
आइडिया स्टुडियो नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन खुलाएको हो ।
आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये ३५० भन्दा बढी व्यवसायहरु इन्क्युबेट भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट इन्क्युबेट भएका व्यवसायहरुमध्ये ६५ भन्दा बढि व्यवसायहरु सफलतापूर्वक सञ्चालनमा रहेका छन् ।
आइडिया स्टुडियो नेपालले आफ्नो हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवद्र्धन गर्ने व्यावसायिक आइडियालाई विशेष प्राथमिकता दिँदै सोही विचारलाई उत्कृष्ट बनाउन सर–सल्लाह,व्यावसायिक सञ्जाल, इन्क्युबेसन कार्यक्रम, मेन्टरशिप, रियालिटी टिभी सो साथ साथै वित्तीय पहुँचका लागि सहजिकरण गराउन मद्दत पुर्याउँदै आएको छ ।
आइडिया स्टुडियो सिजन ७ मा सहभागी हुन चाहाने इच्छुक व्यक्तिले १० पुसभित्र आवेदन दिइसक्नुपर्ने छ ।