Logo

डाबर च्यवनप्रासबाट यसरी लिन सकिन्छ फाइदा

डाबर च्यवनप्रास प्राचीन भारतीय ज्ञानमा आधारित आयुर्वेद र नवीन विज्ञानका आधारमा बनाइएको एक पौष्टिक जाम हो । हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउने फाइदाजनक जाम हो । च्यवनप्रास संस्कृत भाषाबाट आएको शब्द हो । एक वृद्ध ऋषिलाई ‘च्यवन’ जवानी पुनस्र्थापित गर्नका लागि दुई प्राचीन ऋषिहरूले यसको आविष्कार गरेका थिए भन्ने भनाइ पाइन्छ ।
यसमा निहित घिउ, तिलको तेल र महले जडीबुटीलाई कोषिकाहरूको गहिराइमा लैजान उत्प्रेरक एजेन्टका रूपमा काम गर्दछ । महले शरीरमा उत्पन्न हुने अन्य प्रमुख तत्त्वहरूको प्रभावलाई हटाई सुरक्षा प्रदान गर्न मद्दत गर्दछ । यसले मांसपेशी बलियो बनाउन, कलिलो र हृष्टपुष्ट बनाउन मदत गर्छ । च्यवनप्रासले हाम्रो छालालाई कलिलो, नरम र चम्किलो बनाउँछ । साथै बुढ्यौली प्रक्रियालाई सुस्त बनाउने, स्मरणशक्ति बढाउने, मुटुका लागि राम्रो र पाचन, उत्सर्जन र श्वासप्रश्वास प्रणालीमा सुधार गर्न च्यवनप्रास लाभदायक छ ।
डाबर च्यवनप्रास जडीबुटी र प्राचीन आयुर्वेदिक औषधिबाट बनेको हुँदा स्वास्थ्यका लागि फाइदाजनक पौष्टिक जाम हो । यसमा विभिन्न जडीबुटी, अमला, घिउ, तिलको तेल र महको मिश्रणबाट बनाइएको हुन्छ ।
यसमा रहेको मुख्य तत्त्व अमलाकी हो, जसले शरीरमा भएका विषाक्त पदार्थ हटाउन मद्दत गर्छ । यसमा समृद्ध एन्टिअक्सिडेन्ट गुण र भिटामिन सीको उच्चतम स्रोतहरू हुन्छन् । यसमा रहेको घिउले एक शुद्ध मक्खन एक उत्प्रेरक (योगवाही) को रूपमा काम गर्छ र सेलुलर स्तरमा जाममा सामावेश जडीबुडीको अवशोषणलाई दरिलो बनाउँछ । महले शरीरका लागि आवश्यक पर्ने जडीबुटीहरूको उत्प्रेरकका रूपमा काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्