सुदूरपश्चिमका पूर्वआर्थिक मामिला मन्त्रीहरू संघीय मन्त्रीसँग चुनावी प्रतिस्प्रर्धामा

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको पाँच वर्षमा चार जना आर्थिक मामिलामन्त्री पाएको छ । तीमध्ये तीनजना आर्थिक मामिला मन्त्रीहरू ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेद्वार भएका छन् ।
प्रदेश सरकार गठन भएपछि प्रदेशको पहिलो आर्थिक मामिला तथा योजनामन्त्री बनेका झपटबहादुर बोहराले आउँदो निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर आर्थिक मामिलामन्त्री बनेका बोहराले पार्टी परित्याग गरी एमाले प्रवेश गरेपछि उनको सासंदसमेतको पद गएको थियो । त्यसपछि तत्काल माधव नेपाल गुटमा देखिएका प्रकाशबहादुर शाह आर्थिक मामिलामन्त्री भएका थिए । नेकपा एमाले विभाजन हुँदा भीम रावल गुटमा लागि एमालेमै फर्किएका शाहले यस निर्वाचनमा टिकट पाएनन् ।
शाह एमालेमै रहेपछि नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका तारा लामा तामाङ सदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिलामन्त्री भएका थिए । समाजवादीले लामाको कार्यकुशलता नदेखिएको भन्दै ६ महिनामै फिर्ता बोलाएको थियो । त्यसपछि असन्तुष्ट भएका लामा स्थानीय तहको निर्वाचनपछि एमालेमै फर्किए । अहिले उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् ।
तामालाई फिर्ता बोलाएर समाजवादीले आर्थिक मामिलामन्त्री बनानएका प्रकाश रावल हालसम्म प्रदेश सरकारका बहालवाला आर्थिक मामिला मन्त्री हुन् । उनले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (१) मा प्रदेश सभा सदस्य पदको उम्मेदवार बनेका छन् । समाजवादी सत्ता गठनबन्धनमा भए पनि उनले समाजवादीबाट एकल उम्मेदवारी उम्मेद्वारी दिएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टले उम्मेदवारी एिका छन् । यद्यपि, उनको निर्वाचन क्षेत्रमा एमालेबाट कोही पनि उम्मेदवार छैनन् । एमालेले सो क्षेत्रमा राप्रपाका उम्मेदवार धर्मराज जोशीलाई समर्थन गरेको छ ।
पूर्व आर्थिक मामिलामन्त्री झपटबहादुर बोहरासँंग अछाम क्षेत्र नं. १ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीबाट संघीय श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर प्रतिस्प्रर्धामा छन् । त्यस क्षेत्रमा कुँवर एमाले भीम रावल गुटले समेत कुँवरलाई सहयोग गरिरहेको स्रोतले बताएको छ । एमालेबाट अछाम क्षेत्र नं. १ मा हालसम्म भीम रावल जित्दै आएको यसपटक एमालेले रावललाई टिकट नदिई माओवादीबाट आएका बोहरालाई टिकट दिएको भन्दै भीम रावल समूह बोहरालाई असहयोग गरिरहेको बताइन्छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पनि प्रदेशका पूर्वमन्त्री र संघका पूर्वमन्त्रीबीच प्रतिस्प्रर्धा छ । सो क्षेत्रमा प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री लामासँग संघका पूर्व खानेपानी तथा सरसफाइमन्त्री बिना मगरबीच प्रतिस्प्रर्धा भइरहेको छ । नेकपा माओवादी केन्द्रबाट सत्त गठबन्धनको उम्मेदवार भएकी मगरलाई नेपाली कांग्रेस र समाजवादीको पनि समर्थन छ । एमाले र राप्रपाले यस निर्वाचन क्षेत्रमा गठबन्धन गरेका छैनन् ।
प्रदेशका पूर्वआर्थिक मामिलामन्त्रीहरु र संघका मन्त्री तथा पूर्वमन्त्रीहरूले विगतमा आफूले गरेको योगदान, आर्थिक समृद्धि ल्याउन रोजगारी सिर्जना गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक बनाउने, विकासका पूर्वाधारहरू तयार गर्ने, शिक्षा र स्वास्थ्यमा सरकारी लगानी बढाई गुणस्तरीय सेवा दिने योजना सहित आफू जित्ने दाबी गरेका छन् । पूर्वखानेपानी तथा योजनामन्त्री मगरले दोदा नदीको कटानलाई ठूलो परियोजनामार्फत् नियन्त्रण गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, जंगली जनावरबाट हुने नोक्सानी रोक्ने, बेलौरी छोटी भन्सार नाका खोलेर सीमाको बजार व्यवस्थापन गर्ने, नागरिकका लागि स्वरोजगार सिजर्ना गर्ने, नागरिकको आयस्तर उकास्ने लगायतका एजेण्डा लिएर चुनावी मैदानमा रहेको र अर्को चुनावमा ती एजेण्डाहरु चुनावी एजेण्डा नबन्ने गरी काम गर्ने बताइन् । उनले आफ्नो क्षेत्रमा गठबन्धनका तीन जना नै जित्ने निश्चित रहेको बताउँदै अझै धेरै मतले विजयी हुन् मिहिनेत गरिरहेको बताइन् ।
मगरकै वडाबासी लामाले पनि पुनर्वास क्षेत्रका नागरिकका समस्याहरू समाधान गर्ने, नागरिकको आयआर्जन वृद्धि गर्ने जस्ता नारा लिएर चुनावी मैदानमा छन् । उनले पनि आफ्नो प्रतिस्पर्धी मगर नै रहेको बताएकी छन् । अछामा कुँवर र बोहराले पनि अछामी जनताको समस्या समाधान गर्ने, रोजगारीमा लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीयस्तरमै रोजगार र स्वरोजगारका कार्यक्रम ल्याउने आश्वासनसहित चुनावी प्रतिस्प्रर्धामा छन् ।