मतदानको मिति नजिकिएसँगै यतिबेला आममतदाताको घरघरमा गएर मतदानसम्बन्धी जानकारीमूलक शिक्षा दिनुपर्ने हो । तर, यो अवस्था भने निकै सुस्त तरिकाले गएको देखिन्छ ।
मतदाता शिक्षाको आवश्यकता

मतदाता शिक्षा भनेको आजको आवश्यकता पनि हो । हरेक मानिसले मतदाता शिक्षा लिनु नैसर्गिक अधिकार पनि हो । संघ र प्रदेशको चुनाव आउन चार दिन मात्रै बाँकी छ । यतिबेला सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा दिनहँु घरदैलो अभियानमा आफ्नो उम्मेदवारका लागि मत माग्न भनेर घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता आमनागरिक तथा राजनीतिक दलहरूलाई केही हप्ताअगाडि नै लागू भइसकेको अवस्था छ । यही मंसिर ४ गते हुने भनिएको संघ र प्रतिनिधिसभाको निर्वाचनका लागि सबै राजनीतिक दलहरू प्रचारप्रसारमा व्यस्त भइरहँदा आममतदातालाई भने मतदाता शिक्षामा कतै कमी भएको हो कि भन्ने धेरै मानिसको बुझाइ पनि रहेको छ । मतदानको मिति नजिकिएसँगै यतिबेला आममतदाताको घरघरमा गएर मतदानसम्बन्धी जानकारीमूलक शिक्षा दिनुपर्ने हो । तर, यो अवस्था भने निकै सुस्त तरिकाले गएको देखिन्छ ।
हामी सोझै अनुमान लगाउन सक्छौं । गएको स्थानीय चुनावमा पनि धेरै मानिस मतपत्रको ढाँचा, मतदान गर्ने चुनाव चिह्न तथा आफूले रोजेको उम्मेदवार वा व्यक्तिलाई मतदानको मिति नजिकिँदासमेत मतदाता शिक्षाको अभाव हुँदा धेरैभन्दा धेरै मत बदर भएको हामीलाई प्रस्टै थाहा भएको हो । पाँच वर्षमा आउने स्थानीय चुनाव, सोलगत्तै प्रतिनिधिसभा र प्रदेशिक चुनावमा मतदाता शिक्षाको अभावमा धेरै मतदाताको मत बदर भएको थियो । यस्तो संवेदनशील क्षेत्रमा आयोगले पनि निकै ध्यान दिनु जरुरी देखिन्छ । यसपालिको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि मतदाता शिक्षा दिन कतै कमी महसुस भएको छ । चुनाव आउन चार दिन मात्र बाँकी रहँदा सहरी भागमा कहीँकतै शिक्षा दिएको देख्न सकिन्छ भने ग्रामीण भागहरूमा यस्ता मतदाता शिक्षाको निकै कमी भएको छ । उदाहरणका लागि केही दिनअघि म आफैंले पनि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा बस्ने एक वृद्धालाई चुनावसम्बन्धी केही कुरा भन्ने मौका पाएँ र भने, “बुबा, चुनाव आउन लाग्यो, भोट कसरी हाल्नुपर्छ, थाहा छ ?” ती वृद्धाले भन्नुभयो, “खोइ बाबु, अस्तिको चुनावमा पनि भोट हालेँ तर कता हालेँ कता हालेँ पत्तै भएन । यो पालिको चुनावमा पनि मलाई यसरी भोट हाल्नुपर्छ भनेर कोही सिकाउन आउँदैनन् । चुनावको दिन मात्र बा यसरी मत हाल्ने, यो पार्टीलाई ठोकुवा नै गरेर हाल्ने मात्र भन्छन् । तर, कसरी भोट हाल्ने भन्ने कुराको जानकारी अझै राम्रोसँग दिन सकेका छैनन् बाबु ।” उनी सम्झँदै भन्छन्, “पञ्चायतकाल हुँदा धेरै भोट हालियो । राजाको शासनमा घरघरमा आएर मजाले मत कसरी हाल्ने, केकसो गर्यो भने मत बदर हुने भनेर एक महिनाअगाडि नै आएर हामीलाई भन्थे, सुनाउँथे । त्यतिबेला रेडियो, टेलिभिजनहरूले पनि सुनाइरहन्थे । तर, आज आएर सबै नागरिक शिक्षित भए भनेर हो कि हामीलाई मतदाता शिक्षा दिन कुनै पनि मानिस आजसम्म मेरो घरमा आएका छैनन् ।”
मतदाता शिक्षा आजको आवश्यकता पनि हो । कोही पनि मतदानबाट वञ्चित हुन नपरोस् । मतदान गर्नु आम नेपालीको नैसर्गिक अधिकार पनि हो । मतदान सही तरिकाबाट गरे मात्र मतदान गरेको कदर हुन्छ । मतदान नै सही तरिकाले भएन भने, मत नै बदर भयो भने त्यसको कुनै महŒव हुँदैन । मतदान गर्नका लागि चुनावको मिति घोषणा भएदेखि नै आम सञ्चारमाध्यम, आयोगले मतदाता शिक्षाको विषयमा गम्भीर ध्यान दिनु जरुरी हुन्छ । तर, पछिल्लो समय निर्वाचन आयोगले आम सञ्चारमाध्यमहरूमा पनि निर्वाचनको जानकारी गराएको छ । यति बेला प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (प्रतिनिधिसभा सदस्य, प्रतिनिधिसभाको समानुपातिक सदस्य, प्रदेशसभाको सदस्य, प्रदेशसभाको समानुपातिक सदस्य) मा एक जना मतदाताले मंसिर ४ गते हुने चुनावमा चारवटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभाको पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न छापिएको पहिलो मतपत्र लिनुपर्ने हुन्छ । स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने हुन्छ र मत पत्र सही तरिकाले पट्याएर सेतो पृष्ठभूमिमा रातो रङले १ लेखेको स्टिकर भएको मत पेटिकामा खसाल्नुपर्छ । त्यस्तैगरी दोस्रो मतपत्रमा पनि प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न छापिएको दोस्रो मतपत्र लिनुपर्ने हुन्छ । स्वस्तिक छापले कुनै एक राजनीतिक दलको चिह्नमा संकेत गर्नुपर्ने हुन्छ । सोही अनुसारले मतपत्रलाई राम्रोसँग पट्याएर सेतो पृष्ठभूमिमा कालो रङले २ लेखेको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुपर्ने हुन्छ । तेस्रो मतपत्र पनि माथिको जस्तै गरी प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न छापिएको तेस्रो मतपत्र लिनुपर्ने हुनछ र सोही मतपत्रमा नै कुनै एक उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ । सोही अनुसारले राम्रोसँग पट्याएर रातो रङले ३ लेखेको मतपेटिकामा मतपत्र खसाल्नुपर्ने हुन्छ । त्यस्तैगरी चौथो मतपत्रमा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न छापिएको चौथो मतपत्र लिएर स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने हुन्छ र सोहीअनुसार राम्रोसँग पट्याएर सेतो पृष्ठभूमिमा कालो रङले ४ लेखिएको स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्ने हुन्छ ।
यसरी राम्रोसँग मत हाले मात्र मतको सही सदुपयोग हुनुका साथै मतपत्र पनि बदर हुँदैन । तर, यो नझुक्किनुहोस् कि मत हाल्दा तपाईंहरूले जान्नु भएन भने मत बदर पनि हुन्छ । जस्तै— दुई वा निर्वाचनचिह्न रहेको कोठाको बीचमा पर्ने गरी मत संकेत नगर्ने, यसो गरेमा मत बदर हुन्छ । एउटाको चिह्नमा मात्र मत संकेत गर्ने, स्वस्तिक छाप लगाउँदा नलतपतिएको हुनुपर्छ । यदि लतपतिएको ठाउँमा त्यो मत पनि बदर हुन्छ । अर्को महŒवपूर्ण कुरा त वृद्ध बाआमाहरूले मतपत्रको ठाउँमा स्वस्तिक चिह्न प्रयोग गर्न छाडेर औंठा छापको प्रयोग गरेमा पनि त्यो मत बदर हुन्छ । त्यसैले स्वस्तिक छाप नै लगाउनुपर्ने हुन्छ । यसरी निर्वाचनको मिति मुखमै आइरहेको अवस्थामा पनि केही सातादेखि दूरसञ्चारप्रदायक मोबाइल फोनहरूमा पनि निर्वाचनसम्बन्धी सूचनाहरू आएका छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजनहरूमा पनि सूचनाहरू बजेका छन् । तर, मतदाताहरूका घरघरमा भने सबै स्वयंसेवकहरू मतदाता शिक्षा दिनका लागि नपुगिरहेको हो कि भन्नेचाहिँ चौतर्फी आलोचना भइरहेको अवस्था छ । पहिले पनि मतदाता शिक्षाको अभावमा धेरैभन्दा धेरै मत बदर भएको हामीले थाहा पाएका थियौं । तर, यो पालि पनि मतदाता शिक्षा सबै नागरिकको घरघरमा नपुगेको हो कि भन्ने आभास भएको हुनाले मतदाता शिक्षा आजको अनिवार्य आवश्यकता पनि हो । अर्को महŒवपूर्ण कुरा त निर्वाचन आचारसंहिताको कुरा पनि महŒवपूर्ण कुरा हो । अहिले धेरै राजनीतिक दलहरूले निर्वाचन आचरसंहिताभित्र रहेर प्रचारप्रसार गर्नुपर्ने, त्यो कमै मात्र देखिएको छ । सामाजिक सञ्जालहरूमा निर्वाचनविरोधी मतदाताहरूलाई असर पर्ने खालका गतिविधिहरू केही ठाउँमा देखिएर आचारसंहिताविपरीत कारबाही पनि भएको छ । निर्वाचनको मुखमा उम्मेदवारहरूले मतदाताहरूलाई प्रलोभन गराई भाषण गर्दा केही अमर्यादित शब्द प्रयोग गरेको हुनाले त्यस्ता उम्मेदवारहरूलाई आयोगले स्पष्टीकरण पनि सोधेको छ । तर, जेजस्तो अवस्थामा भए पनि यतिबेला मुलुक निर्वाचनमा होमिएको हुनाले निर्वाचन आचारसंहिताभित्र मात्र रहेर आफ्नो प्रचारप्रसार गर्नुपर्ने हुन्छ । मतदाताहरूलाई प्रलोभन पार्ने कुनै पनि राजनीतिक दलको अधिकार छैन । मतदान स्थल भयरहित हुनुपर्छ । शान्त वातावरणमा मतदाताहरूलाई मतदानस्थलमा गई मत हाल्ने वातावरणको सिर्जना गर्नुपर्ने हुन्छ ।