‘सी’ डिभिजन लिग फुटबल वैशाखमा «

‘सी’ डिभिजन लिग फुटबल वैशाखमा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।
एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो ।
एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चसमेत बढाएको छ । एन्फाले यसपटक तयारी खर्चबापत क्लबलाई रु ११ लाख दिने भएको छ । यसअघि सी डिभिजन क्लबलाई रु. नौ लाख ५० हजार दिर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्