Logo

प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छुटसम्बन्धी सम्झौता भएको छ । मंगलबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो ।
सम्झौता अनुसार क्यापिटलका हितग्राहीले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १० प्रतिशत छुट पाउनेछन् । यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिंक गरेको देखाउनुपर्नेछ ।
सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।
काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाइग्नोस्टिक नेशनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।
नेपाली पुँजी बजारमा भिडिओ केवाइसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारको प्रविधि अपनाउँदै ग्राहकहरुलाई सेवा प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्