Logo

कुनै पनि पदयात्रीले आफ्नो जीवनभरिमा पटकपटक गरेर ग्रेट हिमालय ट्रेलको खण्ड–खण्डमा ६–६ महिना वा वर्ष–वर्ष दिन अथवा डेढ–दुई वर्षमा एकपटक ट्रेकिङ गरेर मज्जा लिन सक्छन् । यो रुटमा ट्रेक गर्न चाहने पदयात्रीलाई सम्बन्धित देशका ट्रेक अर्गनाइजर कम्पनीले सोहीअनुसारको प्याकेज बनाएर बेच्ने र प्रचार प्रसार गर्नुपर्ने देखिन्छ ।

नेपालकै लामो र गाह्रो ग्रेट हिमालय ट्रेल

नेपालको हिमालय क्षेत्रमा पूर्व–पश्चिम भएर पैmलिएको र लगभग तीन महिना लाग्ने ‘ग्रेट हिमालय ट्रेल’ (जिएचटी) रुट पश्चिममा अफगानिस्तान, पाकिस्तान, भारत, मध्यमा नेपाल, भुटान हुँदै पूर्वमा बर्मासम्म पैmलिएको छ । यो लामो रुटमा अहिलेसम्म धेरै कम पदयात्रीले मात्रै पदयात्रा गर्न सकेको तथ्यांक छ ।
तर, नेपाल खण्डको ग्रेट हिमालय ट्रेलको रुटमा चाहिँ केही बढी पदयात्रीले पदयात्रा गरेका छन् । खासगरी एकदमै उचाइको बाटो भएर (शेर्पेनी कोल ६ हजार १ सय ४६ मिटर) गरिने पदयात्रा पदमार्ग ग्रेट हिमालय ट्रेल (जिएचटी) का बारे सकेसम्म एडभेन्चर ट्रेक्स गर्न चाहने सबै पदयात्रीको पहँुचमा पुर्‍याउन सकियोस् भन्ने आशयले यो लेख लेखेको हुँ । यो पदयात्रा मार्ग (जीएचटी) लाई पनि लोअर र हाइयर अर्थात् तल्लो र माथिल्लो गरी दुई मार्गमा छुट्ट्याइएको छ । माथिल्लो पदयात्रा मार्ग भएर पदयात्रा गर्न नसक्ने पदयात्रीहरूले यो रुटको तल्लो पदयात्रा मार्ग भएर पदयात्रा गर्न सक्छन् । साथै समय अभावका कारण लामो यात्रा गर्न नसक्ने वा नचाहने पदयात्रीहरूका लागि विभिन्न उपमार्ग (१० वटा) मा पनि विभाजन गरिएको छ, जसले गर्दा आफ्नो व्यस्त जीवनमा समय अभाव हुने तर, आफ्नो जीवनमा विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने दुर्लभ ग्रेट हिमालय ट्रेलको रुटमा ट्रेकिङ गरेर मज्जा लिन र फरक अनुभव, अनुभूति गर्न चाहने पदयात्रीहरूलाई लक्षित गरेर नै खण्ड–खण्ड र लोअर तथा हाइयर गरेर छुट्ट्याइएको छ, ग्रेट हिमालय ट्रेललाई । हुन पनि लगातार रूपमा पूरै रुटमा ट्रेक गर्ने हो भने कम्तीमा १ सय ५० दिनसम्म लाग्छ । त्यसैले पदयात्रीहरूले पूर्वी भेग मात्रै, मध्य भेग मात्रै, पश्चिम भेग मात्रै पनि ट्रेक गर्न सकून् भनेरै खण्ड–खण्ड र छोटो–छोटो पदयात्रा मार्ग पनि बनाइएको हो ।
नेपालका प्राय: सबै टे«किङ रुटहरू उच्च र उच्च मध्यम खालका ‘एड्भेन्चर’ रुट नै हुन् । जस्तो कि माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, कञ्चनजंघाको सेलेले पास, शेर्पेनी कोल, आमा लाप्चा पास, गोक्यो पास, टाशी लाप्चा पास, थोरोङ पास, नार–फु पास, गोसाइँकुण्ड पास, गाञ्जाला पास, गोक्यो री, नुमाला बगाला पास, शे पास आदि रहेका छन् । पश्चिम अफगानिस्तान, पाकिस्तान, नेपाल, भुटान, चीनको तिब्बत प्रान्तको दक्षिण पूर्वी भाग र भारतको आसाम राज्यका सीमामा रहेको नाम्चा/नाम्चे–बार्वासम्मै हिँडेरै ट्रेक गर्ने हो भने त ४ हजार ५ सय किलोमिटर लामो यात्रा तय गर्नुपर्ने हुन्छ । यसो गर्न सकेदेखि ग्रेट हिमालय ट्रेल (जीएचटी) विश्वकै लामो पदयात्रा मार्ग, उच्च हिमाली भेगमा गरिने पदयात्रा मार्गका साथै धेरै उच्च हिमालहरू (४ हजार मिटरभन्दा अग्ला) पास गरेर गरिने ट्रेकिङ रुटका रूपमा पनि विश्वमा स्थापित हुनेछ ।
तर, हामीले यसो भनिरहँदा आजको जस्तो मेसिनभन्दा छिटो जीवन चलाउनुपर्ने जमानामा कसले पो एकैपटक त्यतिका धेरै दिन (लामो समय) निकाल्न सक्ला र ? नेपाल खण्डको ग्रेट हिमाल ट्रेलको ट्रक गर्नका लागि मात्रै लगभग तीन महिना समय चाहिन्छ । त्यो पनि ग्रेट हिमाल ट्रेलको हाई रुट मात्रै भएर ट्रेक गर्नका लागि अप्रिल, मे, जुन, जुलाई, अगस्ट, सेप्टेम्बर महिना छुट्ट्याउनुपर्ने हुन्छ । अन्यथा अत्यधिक चिसो मौसमका कारण हिउँ परेर बाटोसमेत ब्लक हुने हुनाले ग्रेट हिमालय ट्रेलको हाई रुटमा ट्रेक गर्न सकिने सम्भावना नै रहँदैन । अहिलेको व्यस्त समयमा कम्तीमा एक–डेढ महिनादेखि छ, सात महिना लामो समय निकाल्न कसले सक्ला ? यो वास्तवमै व्यावहारिक प्रश्न हो । तर, कुनै पनि पदयात्रीले आफ्नो जीवनभरिमा पटकपटक गरेर ग्रेट हिमालय ट्रेलको खण्ड–खण्डमा ६–६ महिना वा वर्ष–वर्ष दिन अथवा डेढ–दुई वर्षमा एकपटक ट्रेकिङ गरेर मज्जा लिन सक्छन् । यो रुटमा ट्रेक गर्न चाहने पदयात्रीलाई सम्बन्धित देशका ट्रेक अर्गनाइजर कम्पनीले सोहीअनुसारको प्याकेज बनाएर बेच्ने र प्रचार–प्रसार गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्