Logo

धनकुटामा कृषि मेला तथा प्रर्दशनी

धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा किसान लाई निर्वाहमूखी खेती प्रणालीबाट व्यावसायीक बनाउन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि मेला तथा प्रर्दशनी गरिएको छ ।
किसानहरुले आफ्नै बारीमा उत्पादन गरेको कृषि उपजलाई प्रर्दशनीमा राखिएको थियो । किसानलाई उत्पादन, बजारीकरणमा प्रोत्साहन गर्नका लागि प्रदर्शनी तथा मेला आयोजना गरिएको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष खड्ग लिम्बुले बताए । उनले भने, “यस्ता मेलाबाट किसानले उत्पादन गरेको वस्तुलाई बजारमा जोड्न र खेतीपातीतर्फ किसानलाई आर्कषण गर्न सकिन्छ ।”
निर्वाहमूखी खेतीलाई व्यावसायिक बनाउन र आर्गनिक उत्पादनमा जोड दिन समेत किसानलाई प्रदर्शनीमा आग्रह गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । प्रदर्शनीमा मसला बाली, अन्नबाली, तरकारी बाली, दलहनवाली र फलफूल बालीतर्फ प्रथम, दोस्रो, तेस्रो र सात्वना हुने कृषकलाई प्रमाण पत्रसहित नगद क्रमश १५ सय, १२ सय, ८ सय र ५ सय प्रदान गरिएको थियो ।
प्रदर्शनीमा किसानले उत्पादन गरेका दलहन, तेलहन, तरकारी तथा फलफूल लगायतका बालिहरुको प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्