फार्मेसी र सौन्दर्य स्टोरको सुविधा एकै ठाउँमा

ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको औषधी तथा सौन्दर्य स्टोर ट्रु केयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ ।
स्टोरको नेपालकी अग्रगामी मेकअप आर्टिस्ट स्नेह राणाले सो स्टोरको उद्घाटन गरेकी छिन् । ट्रु केयर फार्मेसी र ब्युटी स्टोर नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी हो । औषधि र औषधि–जन्य उत्पादनका साथै प्रसिद्ध स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य, स्वास्थ्य, फिटनेस र वेलनेस उत्पादन ग्राहकले एउटै छानामुनि पाउने बताइएको छ ।
ट्रु केयरका प्रमुख कार्यकारी अधिकृत शाश्वत बज्राचार्यले स्टोरले ग्राहकको अनुभवलाई उच्च प्राथमिकतामा राख्ने बताए । छिट्टै रिटेल आउटलेटहरूको संख्या बढाउने योजना बनाएको भन्दै बज्राचार्य नेपालको स्वास्थ्य र वेलनेस क्षेत्रमा भइरहेको प्रगति र विकास देखेर उत्साहित भएको बताए ।