Logo

एभरेष्ट बैंकको शाखा झापाको धुलाबारीमा

एभरेष्ट बैंकले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ ।
मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा धुलाबारी उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्लसिना, चेम्बर अफ कमर्श धुलाबारीका अध्यक्ष रविन बस्नेत, मेचिनगर नगरपालिका वडा नं. १० का अध्यक्ष नारायण खनाल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतो, बैंकका प्रदेश नं. १ का प्रादेशिक–प्रबन्धक जनक प्रसाद चापागाई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले धुलाबारीका स्थानीयलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरे । योसँगै प्रदेश नं. १ मा बैंकको शाखा सञ्जाल १८ पुगेको छ ।
सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचिनगर नगरपालिकाको फोहोर व्यवस्थापको सहयोगार्थ सो नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ ।
बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्