Logo

वीउवा संघको टोलीद्वारा भियतनामका उद्यानको अवलोकन

वीउवासंघका व्यापारीहरुको प्रतिनिधिमण्डल एक सातादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय व्यापार विस्तारका क्रममा वैदेशिक भ्रमण रहेको छ ।
व्यावसायिक भ्रमणमा रहेको वीरगञ्ज उद्योग वाणिज्य संघको टोली भियतनामका विभिन्न व्यावसायिक भेटघाट र अध्ययन अवलोकनमा व्यस्त रहेका छन् ।
सो प्रतिनिधिमण्डलले भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीसहित होचिमिन्ह सिटीमा रहेको ‘प्रो ट्रेड इन्टरनेशनल टेक पार्क’ (पीआइटिपी) को अवलोकन भ्रमण गरेका छन् ।
वीउवासंघ र भियतनाम चेम्बरका उद्योगी व्यापारीबीचको भएको छलफल तथा भियतनामका उद्योगी व्यवसायीले ‘होचिमिन्ह सिटी’ मा रहेको ‘प्रो ट्रेड इन्टरनेशनल टेक पार्क’ (पीआइटिपी) भ्रमण र अवलोकनका लागि गरेको आग्रह अनुसार संघको टोलीले सो व्यापारिक पार्कको भ्रमण अवलोकन गरेका हुन् । उक्त अवसरमा संघको भ्रमण टोलीले व्यापारिक पार्कका महानिर्देशकसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।
अन्तरक्रियाको क्रममा व्यपारिक पार्कका महानिर्देशकले व्यापारिक पार्कको विशेषताको प्राविधिक तथा स्थलगत रुपमा अवगत गराएका थिए । व्यापारिक पार्क बारेमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको भ्रमण टोलीलाई जानकारी गराउँदै कुनै व्यवसायीले व्यावािसयक पार्कको जग्गा र भवनका लागि एक पटक लगानी गर्दा ५० वर्षसम्मको लागि नवीकरण गर्नु नपर्ने व्यवस्था रहेको महानिर्देशकले जानकारी गराएका थिए ।
व्यवसायीक पार्कमा विश्वका धेरै जसो देश अमेरिका, जापान, कोरिया युरोपीयन मुलुकहरुका साथै अफ्रिकी मुलुकका उद्योगी व्यवसायीहरुको अत्यधिक लगानी रहेको जानकारी गराइएको उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले बताए ।
वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको सिमरामा नेपाल सरकारले स्थापना गरेको इपीजेडकोमा जग्गाको मूल्य धेरै नै रहेकाले उद्योगी व्यवसायीहरु उक्त ठाउँमा उद्योग लगाउन सक्ने अवस्था नरहेको अध्यक्ष डा.गुप्ताले बताए । वैदेशिक लगानी कसरी भित्राउने र भित्रिएको लगानीलाई कसरी प्रवद्र्धन गर्ने भन्ने कुरा सिक्नै पर्ने भएकोले व्यावसायिक गरिएको र भ्रमणले धेरै कुरा सिक्ने मौका पाएको अध्यक्ष गुप्ताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्